शुक्रबार, असार १३, २०८२

कांग्रेस कार्यसमिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा बैठकले राष्ट्रपतिको आधिकारिक उम्मेदवार छान्ने छ। कांग्रेस स्रोतका अनुसार पार्टीले नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सम्भावना छ।

कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बाँकी ७ वटा दलले सघाउने सहमति छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत, एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले कांग्रेसलाई सघाउने सहमति हिजो भएको हो। यी सबै दलले सघाएको अवस्थामा कांग्रेसका उम्मेदवार नै राष्ट्रपतिका चुनिने निश्चित छ।

प्रकाशित: Feb 25, 2023| 10:02 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...