काठमाडौं- राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रचण्डको नेतृत्वको सरकारमा रहेको राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
यससँग राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। राप्रपाको आज बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपाले सरकारमा नरहने निर्णय गरेको छ।