काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघीय सरकारका साथै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको हो।
प्रचण्डको नेतृत्वको सरकारमा रहेको राप्रपाले राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै सरबारबाट बाहिरिने निर्णय गरेको छ।
यससँग राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।