काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुक फेरि अस्थिरतातर्फ धकेलिएको प्रतिक्रिया दिएको छ। राप्रपाको आकस्मिक बैठकपछि नेताहरूले मुलुक सत्ता केन्द्रित अस्थिरतातर्फ धकिलिएको बताएको प्रतिक्रिया दिएका छन्।
पुरानो गठबन्धनमा भएको सहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाएर अस्थिरता निम्त्याएको राप्रपाको आरोप छ।
यस्तै आज बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राप्रपाले सरकारबाट बाहिरिने निर्णयसमेत लिएको छ। राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिने भएको छ। उसले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयसमेत गरेको छ।