काठमाडौं- राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुअघि आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ।
राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो। गठबन्धनबाट उम्मेदवार बने कांग्रेसबाट रामचन्द्र पौडेल हुनेछन्।
गठबन्धनको बैठक संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्नेछ। त्यसपछि प्रस्ताव र समर्थकसहित पौडेलको उम्मेदवारी दर्ता हुनेछ।