काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्।
राष्ट्रपति निर्वाचनका कारण सत्तासमीकरणमा आएको परिवर्तनले सरकारमा पनि असर पर्ने देखिएसँगै उनले आफ्नो पार्टी सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन्।
शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति निर्वाचनपश्चात सरकार परिमार्जन हुने र जसपा सरकारमा जाने बताए।
उनले कांग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति सुनिश्चित भएको बताए।