काठमाडौं- सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले समर्थन जुटाउनका लागि अन्य राजनीतिक दललाई पत्राचार गर्ने भएको छ।
च्यासल ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसबाहेक अन्य दललाई पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए।