शुक्रबार, असार १३, २०८२

राष्ट्रपति निर्वाचनमा होमिँदै दुई पूर्वसभामुख

कांग्रेसले वरिष्ठ नेता तथा पूर्वसभामुख पौडेल र एमालेले पूर्वसभाध्यक्ष एवं सभामुख नेम्बाङलाई राष्ट्रपति पदका लागि मैदानमा उतारेका हुन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं– राष्ट्रपतिको निर्वाचनलाई लिएर चिरा परेको सात दलीय गठबन्धनको मुख्य सहयोगी नेकपा एमाले र शुक्रबार मात्रै बुनिएको आठ दलीय गठबन्धनबाट सार्वजनिक गरिएका राष्ट्रपतिका उम्मेदवार दुवै संसद् हाँकेका पाका र अनुभवी मानिन्छन्। 

कांग्रेस र एमालेले राष्ट्रपति पदका लागि दुई पूर्वसभामुखलाई मैदानमा उतारेका हुन्। कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार प्रस्ताव गरेको छ भने एमालेले उपाध्यक्ष सुवास नेम्बाङलाई।

शनिबार बिहान कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो भने एमालेले च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा नेम्बाङको उम्मेदवारी तय गरेको हो।

दुवै गठबन्धनबाट सार्वजनिक गरिएका उम्मेदवारले शनिबार नै नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गर्नेछन्। २५ फागुनमा राष्ट्रपतिको निर्वाचन तोकिएको छ।

कांग्रेस वरिष्ठ नेता पौडेल २०५१ देखि २०५५ सम्म सभामुख बनेका हुन्। नेम्बाङ संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख हुन्। शान्तिप्रक्रियापछि दुई वटा संविधानसभामा नेम्बाङ दुई पटक सभाध्यक्ष बनेका थिए। त्यसपछि रुपान्तरित भएको प्रतिनिधिसभामा नेम्बाङ सभामुख बनेका थिए।

राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता पौडेललाई  ८ दलको साथ रहने देखिएको छ भने एमाले नेता नेम्बाङलाई राप्रपा र रास्वपाले मत दिन सक्छन्। रास्वपा सरकारबाट बाहिरिइसकेको छ भने राप्रपाले शनिबार नै सरकार छाड्ने र समर्थन फिर्ता लिने निर्णय गरेको छ।

प्रकाशित: Feb 25, 2023| 13:03 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...