काठमाडौं– सत्तारुढ एमालेले नयाँ राष्ट्रपतिका लागि अगाडि सारेका पूर्वसभामुख एवं पार्टी उपाध्यक्ष सुवास नेम्बाङले मनोनयन दर्ता गराएका छन्।शनिबार नेम्बाङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
नेम्बाङको प्रस्तावकमा अध्यक्ष केपी ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।
राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि २५ फागुन बिहान १० देखि ३ बजेसम्म मतदान समय तोकिएको छ।