काठमाडौं– आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेर मत मागेका छन्।
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेसँगै नेता पौडेलले रविको हात्तीगौंडास्थित निवासमा पुगेर मतका लागि आग्रह गरेका हुन्।
पौडेलले राष्ट्रपतिमा समर्थन गर्न सभापति रविलाई आग्रह गरे पनि उनले
पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका छन्।
माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि गरिसकेका छन्। रास्वपाले हालसम्म निर्णय गरेको छैन।