काठमाडौं- नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ।
च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६औं बैठकले भट्टलाई अर्थ विभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार विभाग सचिव गोकर्ण बिष्टले बताए।
बैठकले केन्द्रीय सदस्य दुर्गा प्रसाई हटाउने पनि निर्णय बैठकले गरेको छ। २५ फागुनमा हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय पनि बैठकले गरेको छ।