शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा र प्रचण्डलाई दायाँबायाँ राखेर कांग्रेस नेता रामचन्द्रले दिए राष्ट्रपतिमा उम्मेदवारी

देउवा र प्रचण्डलाई दायाँबायाँ राखेर कांग्रेस नेता रामचन्द्रले दिए राष्ट्रपतिमा उम्मेदवारी

पौडेलको सभापति प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं– कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले शनिबार संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। 

पौडेलको सभापति प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन्। समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन्। 

पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। यसअघि एमालेबाट पूर्वसभामुख सुवास नेम्बाङले राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका थिए। पौडेल आठ दलीय गठबन्धनका साझा उम्मेदवार हुन् भने नेम्बाङ सत्तारुढ एमालेबाट उम्मेदवार बनेका हुन्।

प्रकाशित: Feb 25, 2023| 14:55 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...