शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपाललाई पत्र पठाउँदै ओलीले भने- राष्ट्रपतिमा एमालेलाई सहयोग गर्नुस्

माधव नेपाललाई पत्र पठाउँदै ओलीले भने- राष्ट्रपतिमा एमालेलाई सहयोग गर्नुस्

एमालेले नेता सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ। एमाले अध्यक्ष केपी ‌ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै शनिबार पत्र लेखेर एमालेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका हुन्।

एमालेले नेता सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेको छ। राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ। पुस १० गतेको सहमतिमा एकीकृत समाजवादी सहभागी थिएन।

केही समयअघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएका एमालेले अध्यक्ष नेपाललाई औपचारिक पत्र पठाएको छ।


प्रकाशित: Feb 25, 2023| 16:50 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...