काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन्। शनिबार काठमाडौंमा स्व.महेन्द्र नारायण निधीको १०१औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब कांग्रेस कोर्स करेक्सन गरेर अघि बढ्ने बताएका हुन्।
उनले तत्कालीन अवस्थामा नेपाली कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसके पनि कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताए। उनले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताए।
नेता निधिले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभई लामो समयसम्म जारी रहने दाबी गरे।