शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीले कांग्रेसलाई राष्ट्रपति दिन नमान्दा नयाँ गठबन्धन बन्यो : प्रधानमन्त्री दाहाल

ओलीले कांग्रेसलाई राष्ट्रपति दिन नमान्दा नयाँ गठबन्धन बन्यो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्।

उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि आफूले ८ राजनीतिक दलहरूसँग सहमति गरेर अघि बढ्नु परेको स्पष्ट पारे।

शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि आफूले नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने निर्णय लिएको जिकिर गरे।

उनले लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णयबाट आफू खुसी र गौरवान्वित भएको समेत बताए।

प्रधानमन्त्री दाहालले एमाले प्रतिपक्षमा भइसकेको उल्लेख गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेर जाने धारणा राखे।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रको हित प्रतिकूल हुने गरी कहीँ पनि सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे।

प्रकाशित: Feb 25, 2023| 19:23 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...