बिहीबार, असार १२, २०८२

प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

कांग्रेससहितको आठ दलबीच नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ। तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं- राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरे पनि प्रदेश १ मा भने सरकार नछाड्ने भएको छ।

कांग्रेससहितको आठ दलबीच नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ। तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो।

राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए। अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उनले बताए।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसकेका छन्।

प्रकाशित: Feb 26, 2023| 14:21 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...