काठमाडौं- भारतको बैंगलौरमा आयोजित जी-२० सम्मेलमा भाग लिन गएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल स्वदेश फर्किएका छन्। उनी शनिबार राति स्वदेश फर्किएका हुन्।
सम्मेलनमा भाग लिनुका साथै उनले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका छन्।
जी-२० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भएको थियो। सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडल ११ फागुनमा भारत गएका थिए। नेपाल जी-२० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो।