जनकपुरधाम- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन्।
प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ आएका उनले संचारकर्मीको जिज्ञासामा भने, 'सरकार पुनर्गठनबारे छलफल भएको छैन। तर एमालेलाई किन सरकारबाट निकाल्ने? एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ।'
अध्यक्ष नेपालले पुनः ब्यूँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पिक्चर क्लियर रहेको बताए। उनले कांग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको बताए।