बिहीबार, असार १२, २०८२

दूध र भात पाएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन- अध्यक्ष ओली

'ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,' आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोको संज्ञा दिएका छन्। 'ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,' आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने।

उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको र जे पनि गरेको आरोप लगाए।

उनले पार्टी छाडेर जाने शीर्ष नेताहरूको नामै नलिई पिलो निचोरिएको संज्ञा दिए। 'पिलो निचोर्दैमा ओजन घट्दैन' उनले भने, 'टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो। को त्यसरी बिस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ।'

प्रकाशित: Feb 26, 2023| 16:12 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...