काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोका दिएको टिप्पणी गरेका छन्।
आइतबार शहीद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्मानमा राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रपति चुनावलाई लिएर प्रचण्डले १० पुसको गठबन्धन बदलेर नयाँ आठदलीय गठबन्धन बनाएपछि आफूलाई धोका दिएको बताएका हुन्।
आइतबार शहीद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्मानमा राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘मलाई अस्तिसम्म पनि झुक्याइरहनुभएको थियो। उहाँले हातमा चक्कु लिएर फूल हो भन्नुभयो। मैले पनि तपाईंले हो भनेपछि हो भनेँ। तर, मेरा आँखाले धोका खाएका थिएनन्।’