बिहीबार, असार १२, २०८२

सञ्चारमन्त्री शर्मा र काठमाडौं महानगरका मेयर शाहबीच भेटवार्ता

उक्त भेटमा मेयर बालेनले सञ्चार क्षेत्रको नियमन गर्न र काठमाडौंको अव्यवस्थित तारहरुरुलाई व्यवस्थापन गर्ने विषयमा छलफल भएको मेयरको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आइतबार भेटवार्ता भएको छ।

उक्त भेटमा मेयर बालेनले सञ्चार क्षेत्रको नियमन गर्न र काठमाडौंको अव्यवस्थित तारहरुरुलाई व्यवस्थापन गर्ने विषयमा छलफल भएको मेयरको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘पहिलो, काठमाडौं महानगरभित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि माननीय मन्त्री र मेयर बीच छलफल भएको छ। अव्यवस्थित तारले सहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको,’ मेयरको सचिवालयले उल्लेख गरेको छ।

यस्तै जवाफमा मन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा गरेकी छन्। त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरी मन्त्रालयको संयोजनमा सरोकारवालाहरुसँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवस्थित गरेर सहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको बालेनको सचिवालयले जनाएको छ। 

यस्तै, जनताले पाउने सही सूचनाको हक सूनिश्चिता हुनुपर्ने र व्यापक रुपमा बढिरहेको भ्रामक समाचारलाई कसरी नियमन गर्ने भन्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, यूट्यूबलाई व्यवस्थित गर्नेबारे पनि छलफल भएको बताइएको छ। 

प्रकाशित: Feb 26, 2023| 17:45 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...