बिहीबार, असार १२, २०८२

राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध परेन उजुरी

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संंघीय संसद् परिसरमा खोलिएको निर्वाचन कार्यालयले २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको बताएको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं– निर्वाचन आयोगले कांग्रेस, एमालेबाट राष्ट्रपति पदका आकांक्षी रामचन्द्र पौडेल र सुवास नेम्बाङदुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको जनाएको छ।

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संंघीय संसद् परिसरमा खोलिएको निर्वाचन कार्यालयले २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको बताएको हो।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल र सत्तारुढ एमाले गठबन्धनबाट उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्बाङले १३ फागुनमा उम्मेदवारी दर्ता गराइसकेका छन्। 

उम्मेदवारद्वयविरुद्ध कुनै पनि उजुरी नपरेकाले सोही बेहोराको निर्णय गरिने सहायक निर्वाचन अधिकृत एवं प्रवक्ता अमृताकुमारी शर्माले बताइन्। ‘दिउँसो २ बजेसम्म उजुरीउपर छानबिन गरी निर्णय गर्ने भन्ने थियो तर उजुरी नै परेन। बाँकी प्रक्रिया तालिकाअनुसार अघि बढ्छ,’ शर्माले भनिन्।

निर्वाचन तालिकाअनुसार १६ फागुन बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय निर्धारण गरिएको छ। सोही दिन ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ। २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुने कार्यतालिका छ।

राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका दुई उम्मेदवारविरुद्ध दाबी विरोध वा उजुरी दिने म्याद १४ फागुनसम्म थियो। उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ फागुनमा निर्धारण गरिएको थियो।

प्रकाशित: Feb 27, 2023| 10:30 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...