बिहीबार, असार १२, २०८२

अकस्मात रोकियो प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण

प्रधानमन्त्री प्रचण्डको १९ देखि २२ फागुनसम्मका लागि तय भएको कतार भ्रमण एकाएक रोकिएको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं– आइतबार मात्रै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कतार भ्रमणमा नजाने भएका छन्।

प्रधानमन्त्री प्रचण्डको १९ देखि २२ फागुनसम्मका लागि तय भएको कतार भ्रमण एकाएक रोकिएको हो।

प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन कतार जाने योजनामा थिए।

राष्ट्रपतिको निर्वाचन, गठबन्धनको भविष्य, राजनीतिक परिस्थितिलगायत कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

‘राष्ट्रपतिको निर्वाचन तथा स्वास्थ्य अवस्थाको कारण प्रधानमन्त्रीको साटो उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतार जाने तयारी छ,’ शर्माले भने।

श्रेष्ठ शुक्रबार दोहा भ्रमणमा जान लागेको उनको सचिवालयले सोमबार बताएको छ। सोही दिन उनी अल्पविकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा सहभागी हुनेछन्।
 

प्रकाशित: Feb 27, 2023| 11:24 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...