बिहीबार, असार १२, २०८२

आठ दलीय भागबन्डाको सहमतिप्रति रिसाए बाबुराम

दल र नेताका निम्ति राजकीय पदको भागबन्डा गरेर गठबन्धन निर्माण गर्नु मुलुकका लागि दुर्भाग्य रहेको नेता भट्टराईको दाबी।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आठ दलीय गठबन्धनलाई प्रधानमन्त्री, मन्त्री पदमा भागबन्डा गरिएपछि रिसाएका छन्। 

सोमबार भट्टराईले ट्वीटमार्फत आठदलीय गठबन्धन र भागबन्डाका लागि गरिएको सहमतिप्रति टिप्पणी गरेका हुन्।

भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकमा पनि व्यंग्य गरेका छन्।

‘दलीय भागबन्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्दोरहेछ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त?’ बाबुरामले लेखेका छन्।

उनले प्रतिनिधिसभाका सबै सदस्यलाई ५ वर्षको कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदाको हिसाबसमेत पेस गरेका छन्।

बाबुरामले लेखेका छन्, ‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई पाँच वर्षको संसद्को पूरै कार्यकालमा पालैपालो प्रम बनाउँदा एउटाको भागमा ६ दिन १४ घन्टा २४ मिनेट पर्दो रहेछ! दलीय भागबन्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ! त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो सर्त राजनीतिक स्थिरता हैन?’

भट्टराईले आइतबार राती पनि सामाजिक सञ्जालबाटै जनसरोकारका मुद्दा ओझेल पर्दै गएको भन्दै अहिलेको आठदलीय गठबन्धनप्रति असन्तुष्टि जनाएका थिए। भागबन्डाकै लागि मात्र गठबन्धन र सरकार परिवर्तन भएको उनको टिप्पणी छ।

चुनावको तीन महिनामै दुई वटा गठबन्धन र सरकार परिवर्तन भएकोतर्फ इंगित गर्दै भट्टराईले विचार, नीति, कार्यक्रमको कुनै तादम्य नमिलेको समेत बताएका छन्।

‘आमनिर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तन! गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादात्म्य नास्ति! दल र नेताहरूका निम्ति राजकीय पदको भागबन्डा मुख्य मुद्दा! संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट! जनसरोकारका मुद्दा नास्ति! यही हो लोकतन्त्र ? हामी कता जाँदै छौं?’

प्रकाशित: Feb 27, 2023| 13:15 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...