बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति-उपराष्ट्रपति उम्मेदवारको चुनावी खर्च सीमा जम्मा चार लाख!

राष्ट्रपति-उपराष्ट्रपति उम्मेदवारको चुनावी खर्च सीमा जम्मा चार लाख!

निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले अधिकतम चार लाखसम्म खर्चिने पाउने व्यवस्था छ।
 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचनमा उठेका उम्मेदवारलाई चुनावी खर्चको सीमा तोकिदिएको छ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन भएपछि प्रचार–प्रसार गर्न सक्ने आयोगले बताएको छ।
निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउने उल्लेख छ।

आयोगका अनुसार सवारी साधन र गोष्ठी तथा छलफलमा १/१ लाख, कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार–प्रसार सामग्री, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा २०/२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइने कानुनी प्रावधान छ।
मंगलबार बेलुकी ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागू हुनेछ। २५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्बाङले उम्मेदवारी दिएका छन्। राष्ट्रपति निर्वाचन सकिएलगत्तै उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मनोनयन खुलाउनेछ।

प्रकाशित: Feb 28, 2023| 12:34 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...