काठमडौं- कांग्रेसका महामन्त्री गगन थापाले संघदेखि सबै प्रदेशमा अब गठबन्धनबाट सरकार बन्ने जिकिर गरेका छन्। १० पुसको एमाले–माओवादी गठबन्धन भत्काइएकोले अब पुरानै गठबन्धनबाट सबै प्रदेशमा सरकार बन्ने बताएका हुन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए।
'केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्छ। पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।' उनले भने।
कार्यक्रममा उनले दुई महिनापछि आफूहरू एक ठाउँमा उभिएका बताउँदै अहिले जे भएको छ राम्रो भएको छ तर्क गरे। तर अबको बाटो सहज छैन उनको ठम्यमाइ थियो।