बिहीबार, असार १२, २०८२

रास्वपाको चुनाव चिह्न घन्टीमा फेरबदल

रास्वपाको यसअघि चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेकामा त्यसलाई बदलेर घन्टी मात्रै राखिएको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घन्टी चुनाव चिह्नको स्वरुपमा फेरबदल गरेको छ। रास्वपाको यसअघि चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेकामा त्यसलाई बदलेर घन्टी मात्रै राखिएको हो।

बुधबार पार्टी केन्द्रीय समितिको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको उपसभापति डोलप्रसाद अर्यालले बताए। ‘केन्द्रीय समितिले चुनाव चिन्हमा रहेको गोलाकार घेरा हटाउने निर्णय गरेकामा सोहीअनुसार आयोगले अनुमति दिइसकेको छ। अब हाम्रो पार्टीको चुनाव चिह्न घन्टी मात्रै हो,’ उनले भने।

चुनाव चिह्न बदली बोल्न, लेख्न र प्रचार–प्रसार गर्न सहज होस् भन्ने उद्देश्यले गरिएको उनको भनाइ छ। ‘गोलाकारभित्रको घन्टीभन्दा लामो र भद्दा भयो। यसमा अरु कुनै कारण छैन। धेरै फेरिएको पनि होइन।गोलाकारभित्रको घन्टी भन्नुभन्दा घन्टी मात्रै भन्दा सहज हुन्छ। चुनाव चिन्हमा फेरबदल गर्नुको कारण पनि यही हो।’

रास्वपाले गत निर्वाचनमा गोलाकारभित्रको घन्टी चुनाव चिह्नबाट आफ्ना उम्मेदवारलाई मैदानमा उतारेको थियो भने चितवन २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने क्रममै चुनाव चिह्नमा फेरबदल गरेको हो।

प्रकाशित: Mar 01, 2023| 13:01 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...