काठमाडौं– आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका रुपमा अगाडि सारिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदसमक्ष मत माग्दै पत्र पठाएका छन्।
२५ फागुनका लागि तय भएको राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ८८२ मतदाता छन्। नेता पौडेलले संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको बताउँदै सबै मतदातालाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन्।
यसअघि कांग्रेसले एमालेसहितका सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ। राष्ट्रपतिको निर्वाचनमा पौडेलसँग एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्बाङ प्रतिस्पर्धामा छन्।