काठमाडौं– २०७८ भदौमा पार्टी नेतृत्वसँग विरक्तिएर एमाले छाडेका वामदेव गौतमलाई भेट्न अध्यक्ष केपी ओली भैंसीपाटी निवास पुगेका छन्।
एमाले अध्यक्षकै कारण पार्टी छाड्नुपरेको प्रस्टीकरण दिँदै आएका नेता वामदेवलाई भेट्न पुगेका अध्यक्ष ओलीले पुराना सहकर्मी गौतमसँग व्यक्तिगत हालखबरबारे सोधपुछ गरेको बताइन्छ।
ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले अध्यक्षले पार्टीका पुराना सहकर्मीसँग व्यक्तिगत भेटघाट गरेको पुष्टि गरे। उनले भने, ’उहाँहरु कम्युनिष्ट आन्दोलनका पुराना सहकर्मी र योद्धा हुनुहुन्छ। लामो समय भएको थियो भेट नभएको। पुराना सहकर्मीसँगको यो भेटघाट व्यक्तिगत हो।’
२०७७ माघमा नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेर अघि बढेका गौतम हाल राजनीतिक रुपमा निस्क्रिय छन्।
कुनै बेला माओवादी निकट मानिने राष्ट्रिय सभा सांसद रहेका गौतमले गठन गरेको पार्टी पछिल्लो समय गुमनाम छ।