बिहीबार, असार १२, २०८२

कांग्रेस–एमाले झगडाले प्रतिनिधिसभा स्थगित

प्रतिनिधिसभा बैठकमा कांग्रेस र एमाले दुवैले प्रतिपक्षी बेन्चमा बस्ने निर्णयमा अडिग रहेपछि अन्योलका कारण बैठक स्थगित भएको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं– बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रतिनिधिसभा बैठकमा कांग्रेस र एमाले दुवैले प्रतिपक्षी बेन्चमा बस्ने अडान लिएसँगै अन्योलका कारण बैठक स्थगित भएको हो।

संघीय संसद् सचिवालयले आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ५ चैतसम्मका लागि स्थगित भएको जानकारी दिएको हो।

अब प्रतिनिधिसभा बैठक राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्नेछ। २५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपति निर्वाचन हुँदै छ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक ५ चैत आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बताए।

प्रकाशित: Mar 01, 2023| 16:25 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...