काठमाडौं- राष्ट्रपतिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ।
पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको बैठकमा वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहलकदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ।