काठमाडौं- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ।
आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालसँग पूर्व सभामुख समेत रहनुभएका एमाले नेता नेम्वाङबीच छलफल भएको नेपालको निजी सचिवालयले जनाएको छ।
नेम्वाङ फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार छन्। समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले आठ दलका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ।
यो अवस्थामा अध्यक्ष नेपालसँग नेम्वाङसहित एमाले नेताहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, डा. विमला राई पौड्याल र रघुवीर महासेट लगायतका नेताहरुबीच छलफल चलिरहेको हो।