बिहीबार, असार १२, २०८२

गठबन्धन नटुटे राष्ट्रपतिमा पौडेलको जित निश्चित

निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूले मतका लागि सक्रियता बढाएका छन्। पौडेल र नेम्बाङले विभिन्न दलका नेताहरूलाई भेटेरै मत मागिरहेका छन् भने दुवै दलले संघ र प्रदेशका सबै सांसदलाई मत माग्दै पत्राचार गरेका छन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको ७ वर्षे कार्यकाल यही फागुन २८ गतेदेखि सकिँदैछ। त्यसअघि नै फागुन २५ गते नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। 

राष्ट्रपतिका लागि आठदलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सुबास नेम्वाङले मनोनयन दर्ता गराएका छन्। निर्वाचन हुन अब ८ दिनमात्रै बाँकी छ।

निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूले मतका लागि सक्रियता बढाएका छन्। पौडेल र नेम्बाङले विभिन्न दलका नेताहरूलाई भेटेरै मत मागिरहेका छन् भने दुवै दलले संघ र प्रदेशका सबै सांसदलाई मत माग्दै पत्राचार गरेका छन्।

राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्य मतदाता रहन्छन्। कुल मतको बहुमत पाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन्छन्। निर्वाचनमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी संघीय संसदका ३३१ र प्रदेशसभाका ५५० सदस्यले मतदान गर्न पाउनेगरी निर्वाचन आयोगले नामावली सार्वजनिक गरेको छ। अहिले संघीय संसदमा सर्वोच्चद्वारा सांसद पद खारेज भएका रास्वपाका रवि लामिछाने जनप्रतिनिधि रहेको चितवन २ मा उपनिर्वाचन हुन बाँकी रहेकाले उक्त क्षेत्र र आगजनी मुद्दामा निलम्बित भई राष्ट्रपतिबाट आम माफी पाइसकेका अरुणकुमार चौधरीको नाम नामावलीमा समावेश छैन। 

राष्ट्रपति निर्वाचनमा संघीय सांसदले दिएको एक भोटबराबर ७९ र प्रदेशसभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ। यसरी संघीय संसद्‍मा २६ हजार १४९ र  प्रदेशसभाबाट २६ हजार ४०० गरी कुल ५२ हजार ६२१ मतभार राष्ट्रपति निर्वाचनका लागि खस्नेछ। बहुमत पाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ।

निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूले मतका लागि सक्रियता बढाएका छन्। पौडेल र नेम्बाङले विभिन्न दलका नेताहरूलाई भेटेरै मत मागिरहेका छन् भने दुवै दलले संघ र प्रदेशका सबै सांसदलाई मत माग्दै पत्राचार गरेका छन्।

राष्ट्रपति निर्वाचनमा कांग्रेससहित आठ दलको मतभार हेर्दा पौडेललाई निर्वाचन जित्न सहज देखिन्छ। निर्वाचनका लागि मतभार हेर्दा सबैभन्दा बढी १६ हजार २२१ मत कांग्रेसको रहेको छ। तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रसँग ७ हजार ६४९ मत छ। नेकपा एकीकृत समाजवादीसँग २ हजार ५७४ र जसपासँग २ हजार १५४  मत रहेको छ। यस्तै जनमतसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३ र नेपाल समाजवादी पार्टीसँग ४८ मत रहेको छ।

यसरी कांग्रेससँग गठबन्धनमा रहेका दलहरूसँग ३१ हजार ६७२ मत रहेको छ। यो सहज जितका लागि सुनिश्चित मत हो। आठ दल एक ठाउँमा रहेका कारण पौडेलले जित्ने पक्का देखिएकोमा मत यताउता नभएमा पौडेलले राष्ट्रपतिमा जित्नका लागि कांग्रेस, माओवादी र नेकपा एसको मत मात्रै पनि पर्याप्त देखिन्छ।

आठ दलबाहेक २०६ मतभार रहेको जनमोर्चाले पनि पौडेललाई मतदान गर्ने निर्णय गरिसकेको छ। कसलाई मतदान गर्नेबारे मौन नेमकिपासँग २२३ र हाम्रो नेपाली पार्टीसँग ९६ मत छ।

यता राष्ट्रपतिमा नेम्बाङलाई अघि सारेको एमालेसँग १५ हजार २३३ मत छ। यसबाहेक राप्रपाले एमालेलाई मतदान गर्ने बताइसकेको छ भने एमाले निकट रास्वपा अझै कसलाई मतदान गर्ने भन्नेमा अन्योलमा छ। पछिल्लो समय पुन: सरकारमा जानका लागि प्रयासरत रास्वपा हालसम्म भने एमाले निकट देखिन्छ। यसरी नेम्बाङसँग राप्रपाको २ हजार ४५० र रास्वपाको १ हजार ५०१ सहित कुल १९ हजार १८४ मत छ। यो राष्ट्रपतिका लागि अपुग मत हो। 

यसबाहेक संघ र प्रदेशमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी १८ सांसदसँग स्वतन्त्र १ हजार ५० मत रहेको छ।

प्रकाशित: Mar 02, 2023| 13:45 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...