शनिबार, जेठ ४, २०८२

‘प्रसाद २’ को टेलर सार्वजनिक

चलचित्र ‘प्रसाद २’को फस्टलुक टेलर सार्वजनिक गरिएको छ।
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- चलचित्र ‘प्रसाद २’को फस्टलुक टेलर सार्वजनिक गरिएको छ। सुदर्शन थापाद्वारा निर्देशित फिल्ममा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालगायत मुख्य भूमिकामा छन्।

निर्देशक थापाका अनुसार पहिलो सिक्लेल जस्तै फिल्म ‘प्रसाद २’ले जातियताको मुद्दालाई उठान गरेको छ। लभ स्टोरी फिल्म निर्माण माहिर मानिएका सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउँदैछन्। एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको यो फिल्मको स्लोगन ‘माया भन्दा ठूलो नै क छ र’ राखिएको छ।

यो फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन्। सुभाष थापाको प्रस्तुतिमा यो फिल्म तयार भएको हो। निर्देशक सुदर्शन थापाले फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरे।

प्रकाशित: Mar 03, 2023| 09:56 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्