बुधबार, असार ११, २०८२

कांग्रेस नेतृत्वको गठबन्धन धरापमा पर्दैन : गगन थापा

आठ दल एकै ठाउँ भएकाले एमालेले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई बोकेर दलका मुख्यालय धाए पनि केही हात नपर्ने नेता थापाको दाबी। 
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले एमाले नेतृत्वको सात दलीय गठबन्धनलाई धरापमा पार्न सफलता पाएपछि बनेको आठ दलीय गठबन्धन पाँचै वर्षसम्म टिक्ने दाबी गरेका छन्।

शुक्रबार राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन आठ दल सम्मिलित बागमती प्रदेशसभा सदस्यका लागि काठमाडौंमा आयोजित अभिमुखीकरणमा नेता थापाले यस्तो बताएका हुन्।

उनले भने, ‘यसपटक कांग्रेस थप  जिम्मेवारीका साथ अघि बढ्छ। हाम्रो पार्टी या व्यक्तिलाई क्षति नै किन नहोस्। पाँच वर्षे समझदारीबाट दायाँबायाँ हुँदैन।’

आठ दलीय गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजे पनि त्यसमा कांग्रेस नपर्ने उनले दाबी गरे। ‘यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ। पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन,’ थापाले भने।

उनले आठ दल एकै ठाउँ भएकाले एमालेले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई बोकेर दलका कार्यालय धाए पनि केही हात नपर्ने बताए।

प्रकाशित: Mar 03, 2023| 15:12 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...