बुधबार, असार ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको संयुक्त इजलासले यसअघि दरपीठ गरिएको निवेदन दर्ता गर्न आदेश दिएको हो। 
 |  शुक्रबार, फागुन १९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गरिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको संयुक्त इजलासले यसअघि दरपीठ गरिएको निवेदन दर्ता गर्न आदेश दिएको हो। 

रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान र विजय श्रेष्ठ लगायतको निवेदन गत कात्तिक २४ गते सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो।

आरण, मोक्तान र श्रेष्ठ लगायत १८ जनाले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई पक्राउ गर्न माग गरेर रिट निवेदन दिएका थिए।

अध्यक्ष दाहालले २०७६ माघ १ गते खुलामञ्चमा द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए। त्यसैलाई आधार बनाएर आफूले पक्राउ गर्न माग गरिएको आरणले जानकारी दिए।

प्रकाशित: Mar 03, 2023| 20:15 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...