काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घातको आरोप लागेका ८० जनामाथि कारबाही गर्न सिफारिस गरेको छ।
शनिबार जसपाले गठन गरेको छानबिन समितिले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा ८० जनामाथि कारबाही गर्न सिफारिस गरिएको हो।
समितिले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिएको थियो।
केन्द्रीय तहका ४८, प्रदेश समितिका २२ र स्थानीय तहका ८२ जनासँग बयान लिइएको थियो। यीमध्ये ८० जनालाई कारबाही सिफारिस गरिएको हो।
छानबिन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगेर स्थलगत प्रतिवेदन तयार पारेको हो।
शिवलाल थापा नेतृत्वको छानबिन समितिले जिम्मेवारी पाएको ४९औं दिनमा प्रतिवेदन अध्यक्ष यादवलाई हस्तान्तरण गरेको हो।