बुधबार, असार ११, २०८२

राष्ट्रपति भण्डारीले छाड्ने भइन् शीतलनिवास

निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएसँगै भण्डारीले दोस्रो कार्यकाल पूरा गरेर २९ फागुनभित्रै शीतलनिवास छाड्न लागेकी हुन्।
 |  सोमबार, फागुन २२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २२, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २५ फागुनमा चुनिइने नयाँ राष्ट्रपतिका लागि २९ फागुनमा शीतलनिवास छाड्ने भएकी छन्।

निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएसँगै  भण्डारीले दोस्रो कार्यकाल पूरा गरेर राष्ट्रपतिको सरकारी निवास छाड्न लागेकी हुन्।

‘२५ फागुनमा निर्वाचित हुने राष्ट्रपतिको सपथ कहिले हुन्छ, सोहीअनुसार सर्ने योजना छ। नयाँ राष्ट्रपतिले सपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना छ’, राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘सम्भवतः २९ फागुनभित्र सरिसक्नुहुनेछ।’

भण्डारी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैंले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले बताएको छ।संविधानले २८ फागुनसम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ। नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग सपथ लिएपछि कार्यभार सम्हाल्नेछन्।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजा सोही दिन प्रकाशन गरिने निर्वाचन आयोगले बताइसकेको छ। राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्बाङ मैदानमा छन्।

प्रकाशित: Mar 06, 2023| 16:43 सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...