बुधबार, असार ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  •  द्वन्द्वकालीन घटनाको निरुपण संक्रमणकालीन न्यायबाटै हुनुपर्छ- कांग्रेस सचेतक लेखक

 द्वन्द्वकालीन घटनाको निरुपण संक्रमणकालीन न्यायबाटै हुनुपर्छ- कांग्रेस सचेतक लेखक

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन घटनाको निरुपण संक्रमणकालीन न्यायबाटै हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि संक्रमणकालीन न्यायको विषय पुनः एकपटक चर्चामा आएको छ। सोही विषयमा प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक लेखकले उक्त कुरा बताएका हुन्।

मंगलबार सत्ता घटक आठदलीय कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संक्रमणकालीन न्यायको निरुपण समयमै गर्न नसक्नु राजनीतिक दलहरूको पनि कमजोरी भएको स्वीकारे।

'नेपाली कांग्रेस द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छ', उनले भने, 'त्यसमा केही कमजोरी भएको छ। पीडितहरुले न्याय र परिपूरण पाएका छैनन्।' उनले यसलाई अदालतबाट फौजदारी न्यायको प्रक्रियाबाट टुंग्याउनु गलत हुने बताए।

'यो विषयमा सर्वोच्च पनि बोलिसकेको छ। त्यसैले संक्रमणकालीन न्यायकै विधिबाट यसकव समाधान गर्नुपर्छ', उनले भने, 'सत्यनिरुपण तथा मेलमिलाप आयोगबाटै द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्‍याउनुपर्छ।' 

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा मुद्दा पर्नै नहुने भन्ने तर्क पनि ठिक नभएको बताए। 'मुद्दा त पर्छ मुद्दा पर्नै हुन्न भन्ने होइन। तर यही मुद्दाबारे पनि सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दाको निरुपण हुनुपर्छ भनेको छ', उनले भने, 'प्रचण्डविरुद्धको मुद्दाको विषय पनि सामान्य फौजदारी कानुनबाट टुंगिने होइन, संक्रमणकालीन न्यायमै जानुपर्छ।'

प्रकाशित: Mar 07, 2023| 17:44 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...