काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेका हुन्।
यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए। पूजा सकेर उनी आजै सुन्दरीजलस्थित बीपी संग्र्रहालय जाँदै छन्।
नवनिर्वाचित राष्ट्रपति पौडेलले सुन्दरीजलमा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेस संस्थापक बीपी कोइरालालगायत नेताकोे शालिकमा माल्यार्पण संग्र्रहालयको अवलोकन गर्नेछन्। यस्तै, पौडेल आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जाने कार्यक्रम छ।
पूर्वसभामुखसमेत रहेका पौडेल प्रतिस्पर्धी सुवासचन्द्र नेम्बाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए। नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको सपथ २९ फागुनमा लिने बताइएको छ।