सोमबार, असार ९, २०८२

किन कार्यगत एकता गर्दैछन् लोसपा, जनमत र नागरिक उन्मुक्ति?

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ। तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति शनिबार सहमति भएको हो।

सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन्। जनमत अध्यक्ष राउतका अनुसार नागरिकता ऐन जारी, राजबन्दीको मुद्दा फिर्ता, पूर्वसहमति कार्यान्वयन र उपराष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई सघाउने गरी कार्यगत एकताको सहमति भएको हो।

कार्यगत एकताको निर्णयमा पुगेका तीन पार्टीको संघीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व छ र तीनै पार्टी कांग्रेस-माओवादी गठबन्धनमा रहेका छन्। तर उपराष्ट्रपति निर्वाचनका लागि सहमति नजुटेपछि जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दिएकी छन्।

सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारको रुपमा भने जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ।

प्रकाशित: Mar 12, 2023| 06:09 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...