सोमबार, असार ९, २०८२

उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई कांग्रेसको समर्थन

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार तोकिएका जसपा नेता यादवलाई मतदान गर्ने निर्णय गरेको हो।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं– नेपाली कांग्रेसले ३ चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार तोकिएका जसपा संसदीय दलका नेतासमेत रहेका यादवलाई मतदान गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता प्रकाशशरण महतले जसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्ने निर्णय भएको बताए।

कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभामा निर्वाचित सबै पार्टी सदस्यलाई यादवका पक्षमा मतदान गर्न निर्देशन दिएको छ।

प्रकाशित: Mar 15, 2023| 12:18 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...