सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • चितवन २ मा थपिए मतदाता, गठबन्धन उम्मेदवारबीचमै प्रतिस्पर्धा हुने संकेत

चितवन २ मा थपिए मतदाता, गठबन्धन उम्मेदवारबीचमै प्रतिस्पर्धा हुने संकेत

गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक ६३१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताएका हुन्।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं– १० वैशाखमा तय गरिएको चितवन २ को उपनिर्वाचनमा १ लाख २४ हजार ६४६ मतदाता सहभागी हुने भएका छन्। गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक ६३१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताएका हुन्।

१० वैशाखको उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको उनले जानकारी दिए। कार्कीले भने, ‘पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरी २ सय हाराहारी मतदाताको नामावली काटिनेछ।’

चितवन २ मा कालिका नगरपालिका, भरतपुर महानगरका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्छन्। कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो। अन्तिम नामावली १५ चैतमा प्रकाशन हुने उनले बताए। मतदाता नामावली प्रकाशनसँगै १८ चैतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

२० चैतमा उमेदवारी दर्ता, २१ चैतमा उम्मेदवारविरुद्ध दाबी विरोध, २२ चैतमा उम्मेदवारको नामावली प्रकाशन र २३ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान गरिनेछ। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन २ मा ६७ प्रतिशत मतदान भएको थियो। 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो।

कांग्रेसले माग्यो उम्मेदवारको सिफारिस
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले चितवन २ को उपनिर्वाचनका लागि जिल्ला नेतृत्वलाई उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको छ।

यसअघि चितवन २ बाट कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाए पनि रास्वपा सभापति लामिछानेसँग ठूलो मतान्तरले पराजित भएका थिए। ९ दलीय कांग्रेस गठबन्धनमा आबद्ध रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन दिँदै आएको छ।

गठबन्धनअनुसार कांग्रेसले रास्वपालाई सघाउनुपर्नेमा आफ्नै उम्मेदवार मैदानमा उतार्ने भएपछि चितवन २ को निर्वाचन रोचक हुने पक्का छ।

प्रकाशित: Mar 15, 2023| 14:55 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...