सोमबार, असार ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन, सरकार विस्तार र विश्वासको मतबारे छलफल गर्न गठबन्धनको बैठक

निर्वाचन, सरकार विस्तार र विश्वासको मतबारे छलफल गर्न गठबन्धनको बैठक

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं- उपराष्ट्रपति निर्वाचन, सरकार विस्तार र प्रधानमन्त्रीले विश्वासको मत माग्नेबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। 

उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ भने प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत माग्ने तयारी गरेका छन्। त्यसलगत्तै सरकार विस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन्। 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेता सहभागी छन्।

प्रकाशित: Mar 15, 2023| 18:05 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...