सोमबार, असार ९, २०८२

प्रदेशसभाबाट विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री

बागमती प्रदेश सरकारमा सहभागी राप्रपाले सरकारका दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले पुनः सदनबाट विश्वासको मत लिन लागेका हुन्।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी ८ चैतमा प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभा सचिवालयले ८ चैत दिउँसो ३ बजेका लागि बैठक बोलाएको हो।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार केही साताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेपछि मुख्यमन्त्रीले पुनः सदनबाट विश्वासको मत लिन लागेका हुन्।

राप्रपा सरकारबाट बाहिरिएसँगै जम्मकट्टेलको सरकार अल्पमतमा परेको छ। गत २६ पुसमा बागमती मन्त्रिपरिषद् गठन हुँदा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो। बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन्।

प्रकाशित: Mar 16, 2023| 13:29 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...