काठमाडौं- जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ।
समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो। उनी सप्तरी निवासी हुन्।