आइतबार, असार ८, २०८२

कानुनी जटिलता विकासको अवरोध बनेको छ: अध्यक्ष ओली

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानुनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताएका छन्।

अनेरास्ववियु नेपाल ल क्याम्पसले बिहीबार आयोजना गरेको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा उनले नागरिकको न्यायमा सहज पहुँचका लागि कानुनी जटिलताहरू हटाउनपर्ने बताए।

कार्यक्रममा विद्यार्थीसँगको अन्तरक्रियामा ओलीले भने, 'आजको विश्वमा हरेक क्षेत्रमा नियम कानुनले चल्छ र चल्नपर्छ। तर नियम कानुनको यति जञ्जाल बनेको छ कि त्यो पार गरिसक्दासम्म काम गर्ने समय सकिन्छ। प्रशासनिक ढिलासुस्ती पनि कानुनी प्रक्रियाका कारणले भैरहेको छ। कतिपय कानुन र कानुनी प्रक्रियाले विकासका काममा अवरोध पुर्‍याएको छ।'

उनका अनुसार कानुनको सहज कार्यान्वयनको परिस्थिति हुनुपर्छ। 'कानुनको उपयोगिता र सहज कार्यान्वयन दुवै हुनपर्छ। अन्यथा कानुनी प्रक्रियाको जटिलताले समाजको अग्रगमन, प्रगति, विकास, सुशासन र न्याय प्राप्तिलाई अप्ठ्यारोमा पार्छ,' उनले भने।

विद्यार्थीहरूले अध्यक्ष ओलीद्वारा प्रतिनिधिसभा विघटनको प्रयास, देशको आर्थिक अवस्था, बेरोजगारी, कानुन कार्यान्वयनमा राजनीतिक हस्तक्षेप, पार्टी तथा नेतृत्वको भूमिका र समीक्षाका विषयमा जिज्ञासा राखेका थिए।

जवाफमा अध्यक्ष ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अर्थतन्त्र सुधारमा उल्लेख्य भूमिका खेलेको जवाफ दिए।
अध्यक्ष ओलीले नयाँ पुस्ता सकारात्मक र ऊर्जाशील हुनुपर्ने बताउँदै विश्वविद्यालयमा गैरशैक्षिक क्रियाकलाप नगर्न समेत सुझाव दिए।

कानुन निर्माण, कार्यान्वयन र न्यायका लागि पहल गर्दा सबै पक्षमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले कानुनका विद्यार्थीले भविष्यमा न्यायका लागि पहल गर्दा कुनै प्रकारको डर त्रास, लोभ र प्रलोभनमा नपर्न जोड दिए।

प्रकाशित: Mar 16, 2023| 20:26 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...