आइतबार, असार ८, २०८२

उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै

वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज राति १२ बजेबाट सकिने भएको छ।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं– वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज राति १२ बजेबाट सकिने भएको छ।

कार्यकाल सकिएसँगै उपराष्ट्रपति पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन्।

उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि सरकारी निवास खाली गरेका पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ।

पुन दोस्रो कार्यकालका लागि २०७४ चैत ४ मा उपराष्ट्रपति निर्वाचित भएका थिए। त्यसअघि पुन २०७२ मा नयाँ संविधान बनेसँगै देशको दोस्रो उपराष्ट्रपतिमा चुनिएका थिए।

२०७४ फागुन २९ मा निर्वाचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिएको थियो। २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपति चुन्न आज मतदान हुँदैछ।

प्रकाशित: Mar 17, 2023| 09:21 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...