आइतबार, असार ८, २०८२

उपराष्ट्रपति निर्वाचनमा रास्वपाको मत ममता झालाई 

राष्ट्रपति निर्वाचनमा रामचन्द्रलाई भोट दिएको रास्वपाले उपराष्ट्रपतिमा भने गठबन्धनका उम्मेदवार रामसहाय यादवको सट्टा सत्तारुढ पार्टीबाटै प्रत्यासी झालाई मत दिने भएको हो।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारुढ जनमत पार्टीबाट उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी ममता झालाई मतदान गर्ने भएको छ।

शुक्रबार पार्टी मुख्यालय बसन्धुरामा बसेको बैठकमा झालाई मत दिने विषयमा पार्टी नेताहरुबीच समझदारी भएको हो।

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई भोट दिएको रास्वपाले उपराष्ट्रपति निर्वाचनमा भने गठबन्धनका उम्मेदवार रामसहाय यादवको सट्टा सत्तारुढ जनमत पार्टीबाट प्रत्यासी झालाई मत दिने भएको हो।

उपराष्ट्रपति चयनका लागि यतिबेला संघीय संसद् भवन बानेश्वर परिसरमा मतदान भइरहेको छ। उपराष्ट्रपति एमालेबाट प्रत्यासी अष्टलक्ष्मी शाक्यलाई मत दिने आकलन विपरीत रास्वपाले जनमत पार्टीकी उम्मेदवारलाई मत दिने भएको हो।

यद्यपि बैठकमा केही नेताहरूबाट मतदानमा सहभागी हुन नहुने मत व्यक्त भएको बुझिएको छ। निर्वाचन आयोगको आचारसंहिताका कारण रास्वपाले यस विषयमा औपचारिक निर्णय सार्वजनिक भने गरेको छैन।

प्रकाशित: Mar 17, 2023| 14:34 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...