आइतबार, असार ८, २०८२

उपराष्ट्रपति निर्वाचनको मतगणना हुँदै

निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघ र प्रदेशको मतगणना छुट्टाछुट्टै भइरहेको हो।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं– निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको बताएको छ। नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा मतगणना सुरु भएको हो। 

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानमा संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको आयोगले बताएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघ र प्रदेशको मत गणना छुट्टाछुट्टै भइरहेको हो। निर्वाचनमा संघीय संसद्का ३३४ र प्रदेशसभाका ५५० सांसद मतदाता रहेकामा ८२९ सांसदले मतदानमा भाग लिएका थिए।

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्। 
संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ।

बहुमत नपुगे सबैभन्दा बढी मत प्राप्त दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने हुन्छ। पुनः मतदानमा कुनै उम्मेदवारले प्राप्त गरेको मत कुल मतको ५० प्रतिशतभन्दा बढी भए निर्वाचित भएको घोषणा गरिन्छ।

प्रकाशित: Mar 17, 2023| 16:04 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...